
क्यालिफोर्निया राज्यका सबै ४० करोड बासिन्दाहरूलाई कोरोनाभाइरसको फैलावट रोक्न घरमै बस्ने आदेश दिइएको छ ।
वाशिंगटन र न्यु योर्क पछि अमेरिकामा क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित भएको छ। क्यालिफोर्नियामा अहिले ९१० कोरोनाभाइरसका संक्रमितहरु रहेका छन्, भने १ को मृत्यु भएको छ ।
न्यु योर्कमा कम्तिमा ५,२९८ संक्रमित भेटिएका छन जबकि वाशिंगटनमा कम्तिमा १३७६ संक्रमितको पुष्टि भएको छ।
जनसंख्या को हिसाबले क्यालिफोर्निया सबैभन्दा ठूलो अर्थतन्त्र र जनसंख्या भएको राज्य हो ।
एजेन्सी