
फाइल फोटो
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सभापति पदमा उमेदवारी दिनुुहने भएको छ ।
गुरुङले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गरि उम्मेदवारी घोषणा गर्ने तयारी गर्नुभएको छ । तयसका लागि उहाँले दिउँसो साढे २ बजे काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गर्नुहुने भएको छ ।
कांग्रेसको १४ औँ महाधिवेशनका लागि गुरुङले सभापतिमा उमेदवारी घोषणा गर्न लाग्नुभएको हो ।
कांग्रेस सभापतिका लागि यसअघि उपसभापति विमलेन्द्र निधिले उमेदवारी घोषणा गरिसक्नुभएको छ । उहाँले सम्पर्क कार्यालय स्थापना गरेर तयारी समेत थालिसक्नुभएको छ ।