७ बैशाख २०८२, आईतवार

कोरोनाको आशंकामा उपचाररत एक बिरामी टेकु अस्पतालबाट भागे

thumb.php

टेकु अस्पतालमा कोरोना भाइरसको संक्रमण आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एक जना बिरामी फरार भएका छन् । शुक्रबार अस्पताललाई जानकारी नै नदिइ उनी अस्पतालबाट भागेका हुन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनले एक बिरामी अस्पताललाई जानकारी नै नदिइ बाहिरिएको बताए ।

उनले भने, ‘निमोनियाको उपचार गराइरहेका एक बिरामी हिजो बिना जानकारी निस्किएका हुन् । उनको दुई पटकसम्म कोरोना संक्रमणको जाँच गरिएको थियो । तर, दुवैको नतिजा नेगेटिभ आएको थियो ।’

डाक्टर पुनले अस्पतालको आइसोलेसन कक्षमा कोरोनाको बिरामीमात्रै आउने त्रासले निमोनियाको बिरामी अस्पताललाई थाहै नदिई बाहिरिएको हुनसक्ने बताए । बिरामीको सम्पूर्ण विवरण अस्पतालले गोप्य राखेको छ ।

अस्पतालले बिरामीको सम्पूर्ण विवरणसहित प्रहरीलाई खबर गरेको बताएपनि प्रहरीले भने यस विषयमा अनविज्ञता जनाएको छ । महानगरीय प्रहरी पसिरका काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले यसबारे आफूहरुलाई कुनै जानकारी नआएको बताए ।

विश्वव्यापी रुपमा महामारी रुपमा फैलिरहेको कोरोना भाइरस छिमेकी मुलुक भारतमा पनि फैलिरहेको छ । यो भाइरस चीनको उहानबाट फैलिएको थियो । चीनमा यो भाइरस नियन्त्रण उन्मुख रहेको छ ।