
एक महिनाअघि साउन १५ गते महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएको घटनामा भारतीय सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको ठहर भएको छ ।
घटनाबारे छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनमा घटनामा भारतीय एसएसबीको संलग्नता रहेको उल्लेख गरेको हो ।
समितिले प्रतिवेदन बुझाएपछि गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनामा भारतीय एसएसबीको संलग्नता रहेको जानकारी दिएको हो ।
गृहमन्त्रालयले विज्ञप्तिमा दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादिक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको जानकारी दिएको छ ।
