
अमेरिकाले अफगानिस्तान छोडेर हिँडेपछि अनौठा अनौठा घटनाहरु घटिरहेका छन् । तालिवान जनतालाई आफ्नो राज्यमा कुनै पनि किसिमको डर नमान्न भनिरहेको छ ।
आम जनता इस्लामिक नियमहरुका अनुसार निडर भएर रहन तालिवान आदेश दिइरहेका छन् । उनीहरुले महिलाहरु निश्चिन्त भएर बस्न र मिडियालाई स्वतन्त्रपूर्वक काम गर्न भनिरहेका छन् । तर अफागानिस्तानमा भाइरल भइरहेको भिडियोले भने त्यहाँको स्थितिका बारेमा बताइरहेको छ ।
हालै अफगानिस्तानको एक समाचार च्यानलका प्रस्तोताको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसमा तालिबानका लडाकु बन्दुक लिएर समाचारवाचकको पछाडि उभिएका छन् । तिनीहरु ती समाचारवाचकलाई नियाली रहेका छन् ।
समाचारवाचक पनि डराएर समाचार पढिरहेका छन् । उनले समाचारमा तालिवानी नेता इस्लामिक अमिरातको प्रशंसा गरिरहेका छन् भने तालिवानसँग नडराउन भनिरहेका छन् । उनले अरुलाई नडराउन भनिरहे पनि आफू भने आतंकित देखिएका छन् । समाचारको ४२ सेकेण्डको यो क्लिप १० लाख भन्दा धेरैले हेरिसकेका छन् ।
सत्ता बदल्ने बित्तिकै अफगान्स्तिानमा कतिपय पत्रकारहरु तालिबानको हमलाका शिकार भएका छन् । उनीहरुका परिवारलाई आतंकित पार्ने काम भएको छ भने रिपोर्टरहरु र क्यामेराम्यानहरुलाई सडकमा कुटपिट गरिएको छ ।
तालिवान कुरा शान्तिका गर्ने र काम हिंसा र आतंक फैलाउने गरिरहेका छन् । अफगानिस्तानको उच्च शिक्षा मन्त्रालयका कार्यवहाक मन्त्री अब्दुल बकी हक्कानीले अब केटा र केटी बेग्ला–बेग्लै कक्षामा पढ्ने बताएका छन् , नयाँ सरकारमा चाँडै नै स्कूलहरुमा केटा र केटी का लागि बेग्लाबेग्लै कक्षाकोठा हुने बताएका छन् ।