
कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
भारतबाट आएका उनीहरूलाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा. जगदीश जोशीले बताए ।
तीनैजनालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको उनले जानकारी दिए । उनीहरूको खकार नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा. जोशीले जानकारी दिए ।
उनीहरूको रिपोर्ट सोमबार रिर्पोट आउने जोशीले बताए ।