
नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध सर्वोच्च अदालत रिट दायर गरेको छ ।
माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरी संसद् सचिवालयमा बुझाए पनि सभामुख सापकोटाले पदमुक्त नगरेको भन्दै एमालेले सर्वोच्चमा रिट दायर गरेको हो । एमालेले दिएका तीनवटा रिट सर्वोच्चमा दर्ताको प्रक्रियामा रहेको अधिवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।
सभामुख सापकोटाविरुद्धको रिटमा तत्कालीन एमालेका १४ सांसदलाई पनि विपक्षी बनाइएको छ। निर्वाचन आयोगले कारबाहीमा परेका एमालेका १४ सांसदसहितका आधारमा नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको थियो।
त्यस्तै, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले एमालेले कारबाही गरेको लुम्बिनीका सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले रिट हालेको हो।