
सरकारले अघिल्लो सरकारले वृद्धि गरेको सामाजिक सुरक्षा भत्तालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषद्को बुधवार बसेको बैठकले गत आर्थिक वर्षको बजेटमा वृद्धि गरेको सामाजिक सुरक्षा भत्तालाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाउने घोषणा गर्नुभएको थियो । सरकार परिवर्तनपछि अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेटमा सामान्य संसोधन गर्दै प्रतिस्थापन विधेयकको तयारी गर्नुभएको छ । तर त्यसमा पनि सामाजिक सुरक्षा भत्ता भने नचलाउने सरकारले निर्णय गरेको हो ।
वृद्धि गरेको भत्ता साउन महिनाबाटै लागू हुनेछ । प्रत्येक चार महिनामा भत्ता वितरण गरिने भएकाले अब कात्तिकमा लाभग्राहीहरुले बढेको रकमसहितको भत्ता पाउनेछन् ।