९ बैशाख २०८२, मंगलवार

सिटौला समुह छाडे गगन थापाले, रामचन्द्रले भने साझा उम्मेदवार तय गर्छौं

6130a1411b5de nc rcp press brief

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेद्वार तय गर्ने जनाएको छ ।

महाधिवेशनअन्तर्गत वडा अधिवेशन शुरु हुने अघिल्लो दिन पौडेल समुहले इतर समुहबाट साझा उम्मेदवारी तय गर्ने दाबी गरेको हो ।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिमा साझा उम्मेद्वार तय गर्ने प्रतिवद्धता जनाएका हुन् ।

संस्थापनइतर समुहमा सभापतिका आकांक्षी धेरैजना रहेकै अबस्थामा नेता पौडेलले तल्ला तहमा हुने अधिवेशनमा आफ्नो समुह एकजुट रहेको सन्देश प्रवाह गर्नका लागि पत्रकार सम्मेलनको आयोजना गरेको बताएका छन् ।

नेता पौडेलले नेपाली काँग्रेसलाई राष्ट्र विकासको माध्यम बनाउन र लोकतन्त्रको पाठशालाको रुपमा स्थापित गर्न सहमति र छलफलमा ठाउँअनुसारको उम्मेद्वारी दिने दाबी समेत गरेका छन् ।

सभापति शेरबहादुर देउवाका कारण क्रियाशिल सदस्यता विवाद देखिएको आरोप लगाएका पौडेलले पार्टीलाई बचाउन, लोकतन्त्र बचाउन र मलुकको अस्तित्वलाई जोगाउन एकतावद्ध भएर जाने दाबी गरेका छन् ।

पौडेल पक्षले काँग्रेसको वडा अधिवेशन शुरु हुनुभन्दा एकदिन अघिसम्म पनि सभापतिका आकांक्षीहरुबीच सहमति हुन नसकेपछि महाधिवेशनमा साझा उम्मेद्वारी दिने घोषणा गरेको हो ।

वरिष्ठ नेता पौडेल समुहले गरेको पत्रकार सम्मेलनमा पौडेल पक्षका सभापतिका आकांक्षीहरु पौडेलसहित महामन्त्री डा शशांक कोइराला, नेताद्धय प्रकाशमान सिंह, डा. शेखर कोइरालालगायतका नेताहरु सहभागी थिए ।

त्यसबाहेक महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका कांग्रेस युवा नेता गगन थापा समेत पौडेल समुहको भेलामा सहभागी भएका छन् ।