११ बैशाख २०८२, बिहीबार

देशभरबाट २ हजार ४ जना कोरोना सङ्क्रमित थपिए

corona insurance

आज देशभर २ हजार ४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

१० हजार ६ सय ५८ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार ६ सय १९ जना तथा ३ हजार ९ सय ९२ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ८५ जना गरी जम्मा २ हजार ४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १ हजार ८ सय ४६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

आज कोरोना सङ्क्रमणबाट १६ जनाको निधन भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या १० हजार ७ सय ८६ जना पुगेको छ ।

देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३३ हजार ९ सय ४६ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

जसमा ५ सय ४४ जनाले आइसियु र १ सय ६६ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज १ लाख १ हजार ७ सय जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

योसँगै अहिलेसम्म कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ४६ लाख ७७ हजार ९ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।