
पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
९ हजार सय ७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५७ र ४ हजार ५ सय ६१ एन्टिजेन परीक्षण गर्दा ३ सय ९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट थप २३ जनाको निधन भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणका कारण १० हजार ८ सय ९ जनाले ज्यान गुमाएका छन् ।
सोहि अवधिमा २ हजार २७४ जना निको भएका छन् । अब नेपालमा कोरोना जित्नेको संख्या ७ लाख २३ हजार ४ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ ।