
२१ वटा जिल्लामा भने आगामी २३ गतेभित्र शुरु गर्ने तयारी
नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आजबाट शुरु भएको छ ।
कांग्रेसले निर्धारण गरेको महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज शुरु भएको हो । क्रियाशील सदस्यता विवाद समाधान भएका ५६ वटा जिल्लामा आज वडा अधिवेशन शुरु भएको भएपनि २१ वटा जिल्लामा भने क्रमशः अधिवेशन शुरु हुने कांग्रेसले जनाएको छ ।
सत्तारुढ नेपाली कांग्रेसको वडा अधिवेशन शुरु भएको छ । कांग्रेसको यसअघिको निर्णयअनुसार शुक्रबारबाट देशका ५६ जिल्लामा अधिवेशन शुरु भएको हो ।
क्रियाशिल सदस्यता विवाद समाधान भएका जिल्लामा शुक्रबारबाट वडा अधिवेशन शुरु भएको हो । काठमाडौंसहित कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरालगाएतका २१ वटा जिल्लामा भने आगामी २३ गतेभित्र वडा अधिवेशन शुरु गर्ने कांग्रेसको तयारी छ ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको जोखिम कायमै रहेको भएपनि संवैधानिक बाध्यताका कारण महाधिवेशनको प्रक्रिया शुरु गर्नुपरेको भन्दै स्वास्थ्य मापदण्डको पालना गरेर महाधिवेशनको प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन् ।
क्रियाशिल सदस्यता विवाद समाधान नभइसकेका २१ वटा जिल्लामा समेत भदौ २३ गतेअघि नै वडा अधिवेशन शुरु गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसले महाअधिवेशन भदौ २३ गतेभित्रै शुरु गर्नुपर्ने संवैधानिक बाध्यता रहेका कारण शुक्रबारबाट वडा अधिवेशन शुरु भएको हो ।
शुक्रबार वडा अधिवेशन शुरु भएका र नभएका जिल्लामा समेत भदौ २७ गते स्थानीय तहको नेतृत्वका लागि अधिवेशन गर्ने दाबी गरेको छ । तर क्रियाशिल सदस्यताको विवाद समाधान हुन नसक्नु लज्जास्पद भएको नेताहरुकै भनाई छ ।
कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मंसीर ९ गतेदेखि १२ गतेसम्म काठमाडौंमा गर्ने निर्णय कांग्रेसले गरिसकेको छ । कांग्रेसको नेतृत्वका लागि अहिलेसम्म उपसभापति विमलेन्द्र नीधि, कल्याण गुरुङले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
त्यसबाहेक नेता गगन थापाले महामन्त्रीको उम्मेदवारी घोषणा गरिसकेका छन् । वर्तमान सभापति शेरबहादुर देउवा समेत आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुने निश्चितजस्तै छ ।
तर संस्थापनइतर समुहबाट भने अहिलेसम्म उम्मेदवारी घोषणा हुन सकेको छैन ।