
अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरिएको छ ।
एमसीसी खारेज राष्ट्रिय अभियानको आयोजनामा आज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीले ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्याक एमसीसी’ लगायतका नारा लगाएका थिए ।
एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल आउन लाग्दा युवाहरुले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।