
फाइल फोटो
सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधन नभई संसदले पास नगर्ने बताउनु भएको छ ।
पार्टी सम्वद्ध योङ कम्युनिस्ट लिग (वाईसीएल)को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी सम्झौता संशोधन भएपछि मात्रै पास हुने बताउनुभयो ।
सम्बोधनका क्रममा एमसीसीका बारे केही नबोलेका प्रचण्डले पार्टी सम्बद्ध भातृ संस्था वाईसीएलले एमसीसीबारे पार्टीको धारणा मागेपछि प्रचण्डले फेरि सम्बोधन गर्नु भएको थियो ।
उहाँले संशोधनमा लागि कूटनीतिक पहल भइरहेको र संशोधन नभई पारित नहुने बताएको वाईसीएल प्रवक्ता पुष्प ओलीले जानकारी दिनुभयो । एमसीसी सम्झौता लामो समयदेखि संसदमा विचाराधीन छ ।