
हितेन्द्रदेव शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ती खारेजी माग गर्दै दायर गरिएको मुद्दा शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा पेशी तोकिएको भएपनी सुनुवाइ स्थगित भएको छ ।
कानुन व्यवसायीको अनुरोधमा सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ । यस अ घी भदौ ८ गते प्रधानन्यायाधीश जबराको इजलासले नियुक्ति सम्बन्धी मिसिल कागज झिकाउने आदेश गरेको थियो । साथै भदौ २० गते प्रधानन्यायाधीश जबराकै इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा राखिएको थियो ।
त्यसैगरी नेपाली कांग्रेसका निलम्बित सांसद अफताब आलमको मुद्धा शुक्रबार सर्वोच्च अदालतमा पेशीमा परेको भए पनि पेशी हेर्न नमिल्नेमा राखिएको छ ।
यसअघि गएको भाद्र ११ गते पेशी चढेको थियो । तर विपक्षी कानून व्यवसायीबाट स्थगितका लागि माग भएपछि त्यो दिन सुनुवाइ नभएको थियो ।
इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध आलमले सर्वोच्चमा पुगेका थिए ।