
वीरगन्जमा एकजना कोरोना संक्रमित फेला परेका छन् । विरगञ्जका व्यापारी शिव रूङगटालाई कोरोना पोजेटिभ देखिएको छ। पटनाको पिएमसिएच अस्पतालमा उपचाररत ६७ बर्षिय रुङगटाको कोरोना संक्रमणको पुष्टि भएको उनको पारिवारले जनाएको छ।
केही दिनअघि खोकी र ज्वरो आएपछि उनलाई उपचारका लागि भारतको पटना लगिएको थियो ।
त्यहाँ उनको चेकजाँचका क्रममा कोरोना पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
“संक्रमित व्यक्ति अहिले पर्सामा होइन, पटनामा आइसोलेसनमा राखिएको छ,” बस्नेतले हामीसँग भने, “उनी पर्साबाटै गएकाले उनको परिवारमा पनि संक्रमण फैलिएको आशंकामा आइसोलेसनमा राख्नेबारेमा छलफल भइरहेको छ ।”
ती व्यक्तिबाहेक अरुमा संक्रमणको पुष्टि नभएको उनले जानकारी दिए । स्रोतका अनुसार अन्दाजी दुई साताअघि कोलकताबाट देहरादुन हुँदै नेपाल आएका थिए ।
यो पनि: भर्खर प्राप्त एक रिपोर्ट अनुसार उनमा कोरोना नभएको बुझिएको छ ।
संक्रमित ती व्यापारीले केही दिन अघि घरमा नै बोलाएर चिकित्सकलाई देखाए पछि उनलाई गण्डक अस्पताल लगिएको थियो । त्यसपछि उनलाई उपचारका लागि पटना लगिएको थियो । कोरोना संक्रमित भएको पुष्टि पनि परिवारले नै गरेका थिए ।
उनका परिवारका १३ जना आहिले सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।हाल वीरगन्जमा माक्स, रबर गोल्बस बजारमा केहि पनि नपाइएको जनाईएको छ ।