
काठमाडौंको बाफलस्थित एक घरबाट १९ जना जुवाडेलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले पक्राउ गरेको छ ।
रिजु श्रेष्ठको दुई तले घरमा मानिस भेला भैएर जुवा खेलिरहेको सूचनापछि प्रहरी त्यहाँ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
जुवा खालबाट प्रहरीले २ लाख ८६ हजार ६५ रुपैयाँ नगद, सात बुक तास, ३३ थान कौडा, १ सय २३ थान क्वीन बरामद गरेको परिसरले जनाएको छ।