
भारतमा शनिबार भएको माओवादी आक्रमणमा परेर १७ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ।
भारतमा सशस्त्र माओवादीको आक्रमणबाट १७ जना सुरक्षाकर्मी मारिएका छन् । माओवादी प्रभावित छत्तीसगढमा १७ शव भेटिएको हो । सबै सुरक्षाकर्मीको निधन भएको आइतबार पुष्टि भएको छ।
इन्डियन एक्सप्रेसले हराइरहेका सुरक्षाकर्मीको शव फेला परेको जनाएको छ । आइतबार उनीहरुको शव फेला परेको जनाइएको छ । उक्त आक्रमणमा १४ सुरक्षाकर्मी घाइते भएका थिए। उनीहरुको हाल रायपुरको एक निजी अस्पतालमा उपचार भइरहेको छ।
छत्तीसगढका डिजिपी दुर्गेश अवस्थीले १७ शव निकालिएको बताएको इन्डियन एक्सप्रेसले जनाएको छ । उक्त क्षेत्रमा सुरक्षाकर्मी र नक्शलाइटबीच पाँच घन्टा भिडन्त भएको बुझिएको छ । ठूलो संख्यामा माओवादी सशस्त्र समूह रहेको सूचनाका आधारमा प्रहरी पुगेको र फर्कंदा एम्बुसमा पारिएको बताइएको छ ।
माओबादीले आक्रमणपछि सुरक्षाकर्मीबाट अत्याधुनिक हतियारहरु खोसेर लगेको जनाइएको छ। भारतीय प्रधानमन्त्रीले घटनाको भत्र्सना गर्दै वीरगति प्राप्त गरेका सुरक्षाकर्मीका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । एजेन्सी