
फाइल फोटो
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सांसद रामकुमारी झाक्रीलाई पर्यटन मन्त्रीमा सिफारिस गरेकाे छ ।
सरकारमा सहाभागि हुने मन्त्रीको नाम टुंगो लगाउँदै झाक्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीका लागि सिफारिस गरिएको हाे ।
एकीकृत समाजवादी स्राेतका अनुसार नेता विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस गरेको छ।
त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा किसान श्रेष्ठ तथा सहरी विकासमा प्रेम आलेलाई सिफारिस गरिएको स्राेतकाे दाबी छ ।
राज्यमन्त्रीमा भवानी खापुङलाई सिफारिस गरिएको स्रोतले बताएकाे छ ।