
मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भागवण्डा लिएका छन् । गजेन्द्र हमाल उनको कोटामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन् ।
राष्ट्रपतिसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले पठाएको मन्त्रीहरुको सूचीमा उनको पनि नाममा रहेको स्रोतले पुष्टि गरेको छ ।

यसअघि हमाललाई प्रधानन्यायाधीशको कोटामा मन्त्री बनाउन खोजिएको भन्दै आलोचनासमेत भएको थियो।
हमालसँग राणाको नजिकको नाता सम्वन्ध रहेको छ।
कांग्रेस बाँकेका पूर्व सभापति रहेका हमाल तत्कालीन पार्टी सभापति सुशील कोइरालालाई निर्वाचनमा हराउन लागि परेका थिए। तर, कोइरालालाई हराउन असफल भएपछि उनी कांग्रेसबाट टाढिँदै गए। उनका एक भाइ सुरेन्द्र हमाल अहिले कांग्रेसको प्रदेश सांसद रहेका छन्।