
फाइल फोटो
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको छानबिन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
एकीकृत समाजवादी काभ्रेपलान्चोकको जिल्ला पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा आज अध्यक्ष नेपालले सरकारमा बस्नेलाई गलत बाटोमा जान छुट नभएको र भ्रष्टाचार गर्नेलाई जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
अघिल्लो सरकारको पालामा भएका यती, कोरोना महामारीको बेलामा भएको औषधि खरिद लगायत धेरै मुद्दाको ढाकछोप गर्ने कोसिस भएको बताउनुहुँदै अध्यक्ष नेपालले राज्यको सम्पत्तिको दुरुपयोग गर्ने माथि छानबिन हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्रीलाई पनि राम्रो काम गरेर देखाउन र गलत काम गरेमा त्यहाँ नराखिने प्रस्ट भनिसकेको बताउनुभयो ।