
खेलको ८८ औँ मिनेटमा अन्जन विष्टले बुधबार माल्दिभ्समा भएको खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी गराएर नेपाललाई साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुर्याएका छन् ।
नेपालले इतिहास रच्दै पहिलो पटक फाईनलमा पुगेको हो । फाइनल पुग्न आजको खेलमा नेपाललाई बराबरी नतिजा आवश्यक थियो । साफ च्याम्पियनसिप फुटबलको इतिहासमा नेपालले पहिलो पटक फाइनलमा स्थान बनाएको हो।
खेलको ९ औँ मिनेटमा सुमन रेजाको गोलबाट बंगलादेशले सुरुवाती अग्रता लिएको थियो। सुमन रेजाले फ्रिकिकलाई हेडिङ गर्दै गोल गरेका थिए ।
त्यस्तै आजै राति आयोजक माल्दिभ्स र भारतबीच खेल हुँदैछ। फाइनलमा स्थान बनाउन भारतलाई जित आवश्यक पर्नेछ भने माल्दिभ्सलाई बराबरी भए पुग्नेछ।
भिडियो : एक्सन स्पोर्ट्स एच डी १