
विगत केही दिनयता विभिन्न स्थानमा भएको सवारी दुर्घटनाप्रति सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गृह मन्त्रालयले आज (बुधवार) विज्ञप्ति जारी गरी विगत केही दिनयता कास्की मुुगु लगायतका स्थानमा भएको सवारी दुर्घटनाबाट भएको क्षतिले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
सरकारले सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको अन्त्येष्टि, किरिया खर्च, मृतकका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था समेत गर्ने भएको छ ।
‘सार्वजनिक सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको अन्त्येष्टि तथा किरिया खर्च, मृतकका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
