
फरक सिर्जना गर्न रुचाउने संगीतकार एवम् रचनाकार मनिष वशिष्ठको छोटो सिनेमा
‘बाघ’ सार्वजनिक भएको छ। कथा, स्क्रिप्ट तथा कन्सेप्ट मनिष बशिष्ठकै रहेको सर्ट मुभि
‘बाघ’मा जीवन भट्टराई फिचर रहेका छन्।
सन् २०१३ मा नेपालको बर्दियामा रहेको एक ग्रामिण भेगमा एक नरभक्षी बाघले
मच्चाएको आतंकसंग सम्बन्धित रहेर ‘बाघ’ निर्माण गरिएको छ। निकेश खड्काको
निर्देशन तथा पटकथा रहेको सर्ट मुभी बाघमा होमीसाइडल सोम्नाबुल्जिमको बारेमा
कलात्मक शैलीमा प्रस्तुत गरिएको छ।
होमीसाइडल सोम्नाबुल्जिम भनिने होमीसाइडल स्लिपवाकिङ वा स्लिपिवाकिङ मर्डर
निन्द्रैमा हिड्ने बेला कसैको हत्या वा वध गर्ने एक डिसअर्डर हो। यसकै कथामा रोचक
शैलिमामा प्रस्तुत गरिएको छ। निन्द्रैमा हिड्ने बेला कसैको हत्या गर्ने घट्ना
यदाकदा हुने भएकोले यसकै आधारमा सर्ट मुभी बनाइएको निर्माण टिमले जनाएको छ।
बुद्ध लामाको सिनेमेटोग्राफी रहेको मुभीमा सम्पादन रुपेश खड्का र ओम
पौडेलले गरेका हुन् भने ग्राफिक्स ओम पौडेलले नै गरेका हुन्।
लक्ष्मि बर्देवाको सहयाक निर्देशन रहेको सर्ट मुभीमा संगीत मनिष बशिष्टकै रहेको
छ। लगभग १३ मिनेट लामो सर्टमुभीलाई सकारात्मक प्रतिक्रिया दिईएकोछ।
सर्टमुभी ‘बाघ’ एमबी क्रिएसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।