
इराकको राजधानी बग्दादमा सन् २०१६ को आत्मघाती बम विष्फोटको मुख्य योजनाकार पक्राउ परेका छन्। यो विष्फोटमा ३०० जनाले ज्यान गुमाएको बीबीसीले जनाएको छ ।
इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीले इस्लामिक स्टेटका चरमपन्थी गजवान अल-जावाबेलाई देश बाहिरको एउटा गुप्तचर अभियानमा पक्राउ गरिएको बताएका छन्।
उनले काराडा जिल्लामा क्रूरता र अन्य घटनाहरुको पछाडि इराकी चरमपन्थी रहेको आरोप लगाएकाछन् ।
बग्दादको कराडा जिल्लामा भएको आक्रमण २००३ को अमेरिकी हमला पछि सबैभन्दा घातक बम विस्फोट रहेको जनाइएको छ ।