
नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ।
पार्टीको विभिन्न विषय र समसामयिक विषयमा छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बिहीबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बोलाइएको एमालेका केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
बैठकमा पार्टीका स्थानीय अधिवेशन, पालिका अधिवेशन लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको तामाङले बताउनुभयो ।
स्थायी कमिटीको बैठकमा असोज १५ देखि १७ गतेसम्म आयोजना भएको पार्टीको विधान महाधिवेशनको समेत समीक्षा हुने कार्यतालिका रहेको छ।
एमालेले कात्तिक ६ गतेदेखि वडाबाट महाधिवेशन सुरु गर्ने भएको छ। कात्तिक ९ मा स्थानीय तह गाउँरनगरपालिका अधिवेशन गर्ने जनाएको छ।
एमालेले ६ गते वडा र ९ गते पालिकाको एकै दिन देशभर अधिवेशन गर्ने कार्यालय सचिव तामाङले बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा र पालिका अधिवेशनको उद्घाटन गर्नुंहुने कार्यक्रम रहेको छ ।