७ बैशाख २०८२, आईतवार

कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

Anil Limbu

विश्वव्यापी संकट बन्दै गएको कोरोना संक्रमणका कारण अमेरिकामा एक नेपालीको मृत्यू भएको छ । 

अमेरिकामा कोरोना (कोभिड-१९) भाइरसको संक्रमणबाट एक गैरआवासीय नेपालीको मृत्यु भएको छ। मृत्यू हुनेमा पाँचथरको रानीगाउँ स्थायी घर भएर विगत २० वर्षदेखि अमेरिकाको न्यूयोर्क स्थित ज्याकशन हाइटक्षेत्रमा बसोबास गर्दै आएका ५० वर्षीय अनिल लिम्बु रहेका छन् ।

नेपालमा पाँचथर जिल्ला साविक रानीगाउँ गाविस घर भएका लिम्बु २० वर्षदेखि अमेरिकामा बासोबास गर्दै आएका थिए। लिम्बुका श्रीमती, दुई छोरा र एक छोरी छन्। लिम्बुले सुगर र ब्लड प्रेसरको औषधी सेवन गर्दै आएको परिवार श्रोतले जानकारी दिएको छ।

‘हाम्रो नेपाली समुदायबाट एकजनालाई हामीले गुमाउनु परेको छ, साह्रै दुखद भयो’, जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले अन्नपूर्णसँग भने, ‘सबै जना सुरक्षित रहनुहोला।’नेम्वाङका अनुसार उनको परिवारका सबै संक्रमित छन्। परिवारका बाँकी सदस्य घरमै बसिरहेका छन्।

उनको अमेरिकाको समयअनुसार मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । हालसम्म अमेरिकामा अन्य तीनजना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कोरोना भाइरसको संक्रमणपछि उनलाई कुइन्सस्थित एल्मस्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । लिम्बुलाई अस्पताल भर्ना गरेपछि उनका परिवारका सबै सदस्यको स्वाब परीक्षणमा पठाइएको र मंगलबारसम्म रिपोर्ट आउने बताइएको छ । न्यूयोर्क राज्यको कुइन्समा बसोबास गर्दै आएका ४७ र ५५ बर्षका दुईजना नेपालीलाई संक्रमण पुष्टि भएको हो।

त्यसैगरी भर्जिनियाको फेरफाक्समा बसोसबास गर्दै आएकी एक ३८ बर्षियमहिलालाई संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये एक जनालाई कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। अन्य दुईजना घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन्।