
फाइल फोटो
चीनबाट थप १० लाख डोज भेरोसेल नेपाल आइपुगेको छ । १० लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप बुधबार नेपाल आइपुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले पछिल्लो पटक चीनबाट थप ५९ लाख डोज खोप खरिद गर्ने भनेको थियो । त्यसकै पहिलो लट बुधबार १० लाख डोज नेपाल आएको हो । मन्त्रलयका अनुसार दोस्रो लटको खोप पनि छिट्टै आउने जनाएको छ ।
यो खोप यसअघि भेरोसेलकै पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकालाई लगाउने तयारी गरिएको छ ।