
सल्यानमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बुधवार बिहान सल्यान मर्मपरिकाँडाबाट नेपालगन्ज जाँदै गरेको भे १ ज ९३० न जिप कुमाख गाउँपालिका २ धावनखोलामा दुर्घटना भएको हो ।दुर्घटनामा परी जिप चालक सल्यान बनगाड कुपिण्डे नगरपालिका –४ का २४ वर्षीय लाल बहादुर बुढा, गाडी धनी कुमाख गाउँपालिका –२ का ३३ वर्षीय पूर्ण बहादुर बुढा, कुमाख गाउँपालिका – १ का २९ वर्षीय विशाल वि.क, शोही ठाउँका ३० वर्षीय इन्द्र बहादुर चन्द रहेका छन् ।
यस्तै कुमाख गाउँपालिका –२ का ३६ वर्षीय बुद्धि थापा, शोही ठाउँका २९ वर्षीया दुर्गा खत्री, ३२ वर्षीया लोकमाया पुन, बनगाड कुपिण्डे नगरपालिका – ४ का २९ वर्षीय पिपर बुढा रहेका छन् ।
सिद्ध कुमाख गाउँपालिका –४ का २१ को दिल बहादुर चलाउने, उनको श्रीमती २० वर्षीया दुर्गा चलाउने, २ वर्षीया छोरा प्रशान्त चलाउने र कैलाली लम्कीचुहा नगरपालिका – का २८ वर्षीय देव बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । दुर्घटनामा परी लोकमाया, दुर्गा र बृद्धिको अवस्था गम्भीर रहेको उनीलाई नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ । अन्यको सामान्य घाइतेको सल्लीबजारमा उपचार भइरहेको छ ।
जिप सडकबाट झन्डै ६० मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।