
कोरोना भाइरस (कोभिड -१९) को रोकथामका लागि सरकारले लागु गरेको ‘लकडाउन’ उल्लङ्घन गर्ने ६८ जना विभिन्न स्थानबाट मंगलबार पक्राउ परेका छन् ।
सम्झाइ-बुझाइ गर्दा पनि अटेर गर्ने लकडाउन उल्लङ्घन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट सात जना, झापाबाट चार जना, सुनसरीबाट चार जना, पर्साबाट तीन जना, सिरहाबाट दुई जना, कञ्चनपुरबाट दुई जना र धनुषाबाट एक जना गरी ६८ जना पक्राउ परेका हुन् ।
यस्तै नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका १ हजार ५ सय ७१ सवारी साधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
कारबाहीमा परेकालाई कोरोना सङ्क्रमणको सम्भावित जोखिमबारे सम्झाइ बुझाइ गर्नुका साथै आवश्यक सोधपुछ र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।