
नेपाली काँग्रेसकाे १४औँ महाधिवेशन पुन: सरेकाे छ । काँग्रेस निर्वाचन समितिले बिहीबार आगामी मंसिर २४ देखि २७ गतेसम्म महाधिवेशन गर्नेगरी संशोधित कार्यतालिका सार्वजनिक गरेको हो ।
पार्टीका शीर्ष नेतासँगको छलफलपछि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेकाे छ।
छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिनुभएकाे थियाे । सोही अनुसार निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याएको कांग्रेस स्राेतले जानकारी दिएकाे छ ।
यसअघि पनि पार्टीले महाधिवेशनकाे मिति तीन पटक सारिसकेकाे छ ।
क्रियाशील सदस्यताको विवाद सुल्झाउन नसकेपछि मंसिर ९ देखि १३ सम्म सारिएको थियो । उक्त मितिमा पनि महाधिवेशन हुन नसकेपछि काँग्रेसले नयाँ मिति तय गरेको हो ।
