
सरकारले भारत, बेलायत र अमेरिकाका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शङ्कर शर्मालाई सिफारिस गर्ने निर्णय गरेको हो ।
त्यस्तै, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रा. श्रीधर खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।