९ बैशाख २०८२, मंगलवार

आगामी चुनावमा गठबन्धन गर्छौं, तत्काल कसैसँग एकताको मुडमा छैनौं : अध्यक्ष नेपाल

Madhav Nepal
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनतामा स्थापित र लोकप्रिय नेतालाई मात्रै पार्टीले आगामी चुनावमा टिकट दिने बताउनुभएको छ ।

विहीवार धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले वर्तमान गठबन्धन आगामी चुनावसम्मै कायमै रहने पनि बताउनुभयो ।

राष्ट्रिय सभा सदस्यका लागि रिक्त पदमा हुने चुनाव, प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त सदस्यका लागि हुने उपनिर्वाचन तथा अब हुने स्थानीय तह निर्वाचनमा अरू पार्टीसँग तालमेल गरिने उहाँको भनाइ थियो ।

तर पार्टीले तत्काल कसैसँग पनि एकता भने नगर्ने अध्यक्ष नेपालले प्रष्ट पार्नुभयो ।