फाइल फोटो
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले इमानदार कम्युनिष्टबीच एकता हुने बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले नेकपा नेत्रविक्रम चन्द समूह र मोहन वैद्य समूह पनि गठबन्धनमा आउने बताउनुभएको छ ।
चितवनको माडीमा आयोजित कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनमा विप्लव र वैद्यलाई पनि गठबन्धनमा ल्याउन पहल भइरहेको बताउनुभएको हो ।
आगामी निर्वाचनमा निरंकुश प्रवृत्ति हावी हुने ठाउँमा परास्त गर्ने गरी अगाडि बढ्ने अध्यक्ष दाहालको भनाइ थियो ।
उहाँले आगामी चुनावमा माओवादी, समाजवादी, जसपा र मोहनविक्रम सिंहबीच गठबन्धन गरेरै जाने आधार र प्रतिबद्धता बनिसकेको बताउनुभयो ।
एमाले हावी भएको क्षेत्रमा कांग्रेससँग सिट तालमेल गर्ने केन्द्रीय तहमा समझदारी बनिसकेको पनि दाहालले खुलासा गर्नुभयो ।