
देशभर कोरोना संक्रमणका कारण थप ७ जनाको निधन भएको छ भने ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
९ हजार ९ सय १३ जनामा गरिएको परीक्षणमा ४ सय ४७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सबैभन्दा धेरै काठमाडौंमा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा ४ सय ३९ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ दशमलव ५ प्रतिशत छ ।
हाल देशभर ९ हजार १ सय २३ जना सक्रिय संक्रमित छन् । आज थप ९७ हजार ७० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।