९ बैशाख २०८२, मंगलवार

अबको राजनीति एसको हो, एमाले नो : अध्यक्ष नेपाल

madhav
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै कार्यकालमा एमालेले चुनाव चिन्ह सूर्य पाएको बताउनुभएको छ ।

बुधबार डडेल्धुरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अब एमालेको सूर्य चिन्हमा ग्रहण लागेको बताउनुभयो ।

आफूहरूको पार्टी नेकपा एस भन्नुको कारण एमाले नो हुनु रहेको उहाँको भनाइ थियो । आफूहरू एस हुने वितिक्कै एमाले नो भएको अध्यक्ष नेपालको टिप्पणी थियो ।

उहाँले एकीकृत समाजवादी एउटा अभियान भएको दाबी गर्नुभयो । कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन नयाँ संकल्पका साथ र एमालेले आन्दोलन गरेर खडा भएको कम्युनिस्ट आन्दोलनको आदर्शको रक्षा गर्न, देश र जनताको हितमा एक ढिक्का भएर अगाडि बढ्न नयाँ पार्टी बनाएको उहाँको भनाइ थियो।

आउँदो चुनावसम्म पाँच दलको हालकै गठबन्धन कायम रहने बताउदै अध्यक्ष नेपालले आउँदो चुनावमा केपी शर्मा ओली गुटको ‘पत्तासाफ’ हुने दाबी गर्नुभयो ।

भीम रावललगायतका नेताहरूप्रति लक्षित गर्दै उहाँले ओली कहिले नसुध्रिने भन्दै विद्रोह गरेर समाजवादीमा आउन आग्रहसमेत गर्नुभयो ।