
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा पर्न नहुने बताउनुभएको छ ।
पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षणका लागि शुक्रवार भोजपुर आई पुग्नुभएका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर भोजपुरद्वारा आयोजित पत्रकार भेटघाटमा न्यायालय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो नभएकोले सर्वोच्च अदालत भित्रको विवाद त्यही भित्रबाटै मिलाउन सके उचित हुने बताउनुभयो ।
उहाँले न्यायालयमा देखिएको विवादको विषयमा गठबन्धनका दलहरूले चाँडै साझा धारणा ल्याउने बताउनुभयो ।
आवश्यकता महसुस भए निर्वाचन पछिसम्म पनि पाँच दलीय गठबन्धन कायम रहने उहाँको भनाइ छ ।