
जलस्रोतको धनी देश भनिएपनि नेपालका कतिपय स्थानमा खानेपानीको समस्या विद्यमान छ । यो समस्या राजधानीबासी पनि भोग्न बाध्य छन् ।
खानेपानीको समस्या खेपीरहेको राजधानी र अन्य शहरलाई लक्षीत गरि विभिन्न पानी उद्योगहरु खुलेका छन् ।
तर ती उद्योगबाट उत्पादिन पानीको शुद्धतामा भने प्रश्न उठेको छ । के छ त वास्तविकता ?
भनिन्छ पानी जीन्दगानी । मानव जिवनको पलपलमा पानीको आवश्यक्ता पर्छ । तर अझैपनि नेपालका कतिपय स्थानमा खानेपानीको चरम समस्या छ ।
यही खानेपानीको आवश्यक्तालाई लक्षीत गर्दै नेपालमा विभिन्न पानी उद्योगहरु खुलेका छन् । तर ती उद्योगबाट उत्पादित पानीको शुद्धतामा भने प्रश्न उठेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक आर्थिक बर्ष २०७७÷७८ मा मात्र गुणस्तरहिन पानी उत्पादन गरेको आरोपमा १५ वटा पानी उद्योगलाई कारवाही गरेको छ ।
विभागका अनुसार ती पानीमा कुनै दुषित, कुनै न्युस्तरको त कुनै लेभल अपुर्ण भएको पाइएको छ ।
यत्रतत्र खुलेका पानी उद्योगले स्वास्थ्य मापदण्ड पुरा नगर्दा त्यसको मारमा भने आम उपभोक्ता परेका छन् ।
चिकित्सकहरुका अनुसार गुणस्तरहिन पानीको सेवनबाट आउँ झाडापखालालगायतका रोगहरु निम्त्याउन सक्छ ।
सरकारी प्रतिवेदन अनुसार बजारमा पाइने करिव ९० प्रतिशत पानी उद्योगले मापदण्ड पुरा गरेका छैनन् ।
उपभोक्ता अधिकारकर्मीहरुका अनुसार त्यस्ता पानी उद्योगले आम उपभोक्ताको स्वास्थ्यमा खुलेआम रुपमा खेलवाड गरिहेहका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यदि कुनै प्रशोधित पिउने पानी उत्पादन गर्ने उद्योगको उत्पादनमा उपभोक्ताको स्वास्थ्यमा हानी हुने कुरा भेटिएका खाद्य ऐन अनुसार कारावही गर्ने बताएको छ । ।
विभागले अनुगमन गरेर बर्सेनी कारवाही गरेको तथ्याङ्क सार्वजनिक गरेपनि समस्या भने घटेको छैन ।
उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयप्रति सरोकारवालको ध्यान पुग्नै पर्छ ।