
फाइल फोटो
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न आह्वान गर्नुभएको छ ।
अध्यक्ष ओलीले शनिवार सन्देश जारी गर्दै दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हुने भएकाले यसलाई लोकतन्त्रकै अभ्यासका रुपमा प्रयोग गर्न आग्रह गर्नुभएको हो ।
अध्यक्ष ओलीले लोकतान्त्रिक अभ्यास भनेको जिम्मेवारीबोध र अनुशासनसहितको अभ्यास भएकोले उन्नत स्तरको समझदारी र सहमति लोकतन्त्रको उच्चस्तरीय अभ्यास भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।
दलहरूका बीचमा प्रतिस्पर्धा हुन्ु लोकतान्त्रि अभ्यास भए पनि त्यो स्वस्थ हुनुपर्ने उहाँको जोड छ । दलभित्रआपसी समझदारी सुदृढ एकताको आधार रहेको अध्यक्ष ओलीको भनाइ छ ।