
नेपाल पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार देशभर गरिएको ६ हजार ६०४ पीसीआर र २ हजार ३१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १५८ जनामा संक्रमण पुष्टि भएको हाे ।
योसँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ८७८ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ९६६ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ३४२ जना संक्रमित निको भएका छन्। योसँगै देशभर निको हुनेको संख्या ८ लाख २ हजार ३८९ पुगेको छ।
साेही अवधिमा २ जना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या ११ हजार ५२३ पुगेको छ।