
झापामा बस दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने २३ जना घाइते भएका छन्।
कन्काई नगरपालिका- ८ स्थित पूर्व–पश्चिम राजमार्गमा ना ५ ख ८०४१ नंको बसको पत्ता भाँचिएर अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोकिएको हो ।
आज भएको उक्त दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको र उनको पहिचान नखुलेको झापा प्रहरीले जनाएको छ ।
त्यस्तै अन्य ११ जनाको बीएण्डसी अस्पताल बिर्तामोडमा र १२ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




