
नेपाली राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् ।
बिमलले आफ्नो आधिकारिक फेसबुकमा एक पोष्ट गर्दै प्रेमिकालाई सम्झिएको स्ट्याटस राख्दै नाम उल्लेख गरेका हुन् ।
फरवार्ड विमल घर्तिमगर गत साता २१ महिनापछि मैदान फर्किए। कहिले व्यक्तिगत त कहिले चोटका कारण फुटबलबाट टाढा रहेका विमल ए डिभिजन लिगमार्फत मैदान फर्किएका हुन्। उनको दाहिने घुँडामा गम्भिर चोट लागेको थियो ।

उनले एक होटलको कोरिडोरमा उब्भिएको आफ्नो तस्विर राख्दै स्ट्याटसमा आफ्नो प्रेमिका लिना प्रधानलाई निक्कै सम्झिरहेको उल्लेख गरेका छन् ।
यस विषयमा विमललाई प्रश्न गर्दा लिना आफ्नो प्रेमिका रहेको बताएका छन् । उनी माल्दिभ्सको सोनेभा जानी रिसोर्टको फन्ट अफिस टिम लिडरको रुपमा कार्यरत रहेकी छिन्।
ईटहरी निवासी लिना र विमल लामोसमय देखि प्रेम सम्बन्धमा रहँदै आएको पनि विमलले बताए ।
बमिल अहिले काठमाण्डौंमा जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा साविकको विजेता टोलि मच्छिन्द्र क्लबबाट फुटबल खेलिरहेका छन् ।
२१ महिनापछि मैदान फर्कदा विमल भावुक बनेका थिए। मछिन्द्रले सोमबार त्रिभुवन आर्मीसँग खेल्दैछ।
आर्मीविरुद्धको खेलअघि विमलको प्रेम सम्बन्ध अहिले सामाजिक सञ्जालमा चर्चामा छ। सामाजिक सञ्जालमा एउटा फोटो पोस्ट राखेर विमलले लीना प्रधानलाई मेन्सन गर्दै ‘मिस यू’ लेखेका छन्।
लीनाले आफ्नो फेसबुक खातामा ‘रिलेसनसिप विथ विमल घर्तिमगर’ राखेकी छिन्।
यता विमलले फेसबुकको उक्त पोस्ट इन्स्टाग्रममा पनि राखेका छन्। जसलाई लिनाले सेयर गरेकी छिन्। लीना माल्दिभ्समा बस्दै आइरहेको उनको इन्स्टाग्राम पोस्टमा प्रष्ट देखिन्छ।

कतारमा लामो सयमको उपचारपछि बिमल गत असोजमा स्वेश फर्किएका थिए । दाहिने घुँडामा गम्भिर चोट लागेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमलको उपचार कतारमा गर्ने ब्यउावस्था मिलाएको थियो ।
बिमल उपचारका लागि गत माघ ३ गते कतारको दोहा गएका थिए । उनी कतारस्थित एस्पेटारमा विशेष ओर्थोपेडिक र खेलकुद चिकित्सालय अस्पतालमा उपचारपछि नेपाल फर्किएका हुन् ।
फरवार्ड बिमलले गत सिजनको लिग मच्छिन्द्रबाटै खेलेपनि सबै खेल भने खेलेका थिएनन । बिमललाई नेपाली फुटबलमा एक निक्कै आशा गरिएको फुटबल खेलाडीको रुपमा हेर्ने गरिन्छ ।