
नेकपा एमालेको सचिवमा भीम आचार्यले उम्मेदवारी दिएका छन् ।
केपी शर्मा ओलीले हिजो घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका नेता आचार्यले सचिवमा उम्मेद्वारी दर्ता गराएका हुन् ।
अध्यक्षमा भीम रावलले ओलीसँग प्रतिष्पर्धा गर्ने भन्दै उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिँदैछन् ।
बहालवाला सचिव भीम आचार्य सूचीमा नपरेपछि उम्मेदवारी दिएका छन् । एमाले अन्तरसंघर्षमा माधव नेपाल पक्षमा रहेका उनी एमालेमै रहने ‘दश नेता’मध्ये एक हुन् ।