
बिश्वब्यापि महामारिकाे रुपमा चाइनाबाट फैलिएकाे काेराेना भाइरसकाे कारण अहिले बिश्वकाे जनता त्रासमा रहेका छन् । यसकाे असर नेपालमा पनि परेकाे छ भने नेपाल सरकारले नै यसबाट सर्तकता अपनाउनका लागि चैत ११ गत्तेबाट देशब्यापि रुपमा लक डाउन गरिरहेकाे छ ।
यस समयमा एक ठाउँबाट अर्काे ठाउमा जान पाउँदैन र घरबाट बाहिर निस्कदा समेत विशेष काम पर्दा मात्र निस्कन पाउने नियम रहेकाे छ । सडकमा पनि अस्पताल सुरक्षाकर्मि र सञ्चार माध्यम लगायतकाे सवारि साधन बाहेक जिल्ला प्रशासन कार्यालयबाट अनुमती बाहेक अरु चल्न पाउदैन ।

यस्तैमा हाम्रा सहकर्मिले राजधानिमा औषधिकाे नाममा बा ८ च ६८५३ नम्बरकाे ओम्नी भ्यानले खुल्लम खुल्ला खाधान्नकाे सामाग्रि बाेकेर हिडेको भेटेका छन । जनता बाट कालोबजारी बढेको गुनासो आइरहेको बखतमा यसरि एक सेवाको नाममा अरु सेवा सन्चालन हुँदा कालोबजारी मौलाएको आश्ंका प्रश्स्तै गर्न सकिन्छ ।
सहकर्मीले ओम्नी भ्यानका चालकसँग सोध्दा उनले दिउँसो औषधी बोक्ने र साँझमा खाद्यान्न बोक्ने प्रष्ट्याए । साथै चालकले जिल्ला प्रशासन कार्यालयबाट अनुमती लिएर नै गाडी चलाएको जिकिर पनि गरे, तर जिल्ला प्रशासन कार्यालय बाट जारी भएको पास भने देखाउन सकेनन ।
सहकर्मीले गाडीको तस्विर निकाल्दा चालकले “जस्लाई गएर भने पनि केहि नहुने” भन्दै सहकर्मिलाई धम्क्याए ।

यसरी औषधि ढुवानि लेखेको स्टिकर राखेर गाडी चलाउँदा सुरक्षाकर्मिले पनि चेक नगर्ने हुँदा उक्त ब्यापारिको चलाखिपन प्रष्ट हुन्छ।गाडीभित्र अण्डा, चाउचाउ, बिस्कुट गुट्खा लगायतकाे सामानहरु रहेकाे थियाे । यसरी देश सँकटमा रहेकाे बेल केही व्यापारिहरु माैकामा चाैका छोपिरहेका छन ।