
फाइल फोटो
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि उम्मेदवार तय गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आफू पक्षीय नेताहरुको बैठक बोलाउनुभएको छ ।
आफ्नो समूहबाट पदाधिकारीमा उम्मेदवारको टुंगो लगाउन सभापति देउवाले आफू निकट नेताहरुको बैठक बोलाउनुभएको हो । बैठक बुधबार बिहान ९:०० बजे बाट बस्दैछ ।
देउवा समूहमा अहिलेसम्म सभापतिबाहेक अन्य उम्मेदवारको टुंगो लागेको छैन। सभापतिमा देउवाबाहेक अरुको दाबी नभए पनि दुई महामन्त्रीका लागि चार जना आकांक्षी देखिएका छन्।
देउवा समूहबाट बालकृष्ण खाँण, प्रकाश शरण महत, विश्वप्रकाश शर्मा र एनपी शर्माले महामन्त्रीमा दाबी गर्नुभएको छ ।
शुक्रबारबाट काठमाडौँमा कांग्रेसको १४ औँ महाधिवेशन सुरु हुँदैछ।