
शुक्रबारदेखि शुरु हुने नेपाली कांग्रेसको महाधिवेशनमा गगन थापाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएकाे छ ।
आफ्नाे उमेद्वारी घोषणा गर्दै थापाले कांग्रेस चुहिएको प्वाल टाल्ने पार्टी रहेको बताउनुभएकाे छ ।
कांग्रेस नेताहरुले पटकपटक निर्वासन, जेल, यातना भोगेको उल्लेख गर्दै एउटा विचार बोकेको आधारमा सत्ताले यातना दिने प्रचलन नेपालमा रहेकाे उहाँले बताउनुभयाे ।
नेपालमा कांग्रेसको राजनीति गर्नेहरुले ‘म’ को बारेमा होइन, ‘हामी’को बारेमा सोचेको उल्लेख गर्दै उहाँले ‘त्यही भएर नेपाली कांग्रेसको सिद्धान्त ‘हामीभित्र म’ रहेको उल्लेख गर्नुभयाे ।
उहाँले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै भन्नुभयाे, ‘म महामन्त्री हुन्छु/हुन्न, थाहा छैन, तर यही पार्टीभित्र बसेर योगदान पुर्याउनका लागि मैले महामन्त्री पदमा उम्मेदवारी दिएको हुँ।’
नेपाली कांग्रेसको समुचित प्रयोग गरेर हाम्रै जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्नेमा आफूमा विश्वास रहेको उहाँले बताउनुभयाे।