
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् ।
३५५८ मत गन्दा पूर्णबहादुर खड्काले १६३४ मत पाएका छन् भने धनराज गुरुङले १४३७ । त्यस्तै विजयकुमार गच्छदारले १४४३ र चन्द्र भण्डारीले १२५७ मत पाएका छन् ।
सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्येश्वरी साहले १७२ मत पाएका छन् ।
कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन् ।