
डडेल्धुराको अमरगढी २ डबरबाटाका युवाहरूले गाउँमा बाह्य व्यक्तिहरुलाई प्रवेश निषेध गरेका छन्।
विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट गाउँलाई बचाउन बाह्य व्यक्तिलाई प्रवेश निषेध गरिएको हो।
भारतलगायत अन्य ठाउँबाट मानिसहरु जथाभावी गाउँमा प्रवेश गरिरहेकोले गाउँमा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै युवाहरुले यस्तो गर्न बाध्य भएको बताएका छन्। भारतबाट स्वास्थ्य जाँच नगरी छिमेकी गाउँमा प्रवेश गरिसकेकोले आफ्नो गाउँमा त्यस्ता व्यक्ति प्रवेश नगरनू भन्ने भनेर प्रवेश निषेध गरेको युवा शिवम भण्डारीले बताए।
गाउँमा बसोबास गर्ने पारिवारिक सदस्यबाहेक अन्य व्यक्तिले प्रवेश गर्दा अनुमति लिएर मात्रै प्रवेश गर्न पाउने भण्डारीले बताए। अमरगढी नगरपालिका २ र ३ मा भारतबाट आएका युवा क्वारेन्टाइनमा बस्न अटेर गरिरहेका छन्।
सीमा क्षेत्रमा जाँच गरेर आएको भन्दै आएकालाई जनप्रतिनिधिहरू घरघरमा गएर सम्झाइबुझाई पनि गरिरहेका छन्।