
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले फेरि मुलघरमा केन्द्रित भएर राष्ट्रको नेतृत्व गर्नुपर्ने बताउनुभएको छ ।
शनिवार पार्टी कार्यालय पेरिसडाँडामा विप्लव समूहबाट अलग भएर समाहित भएका प्रभात चलाउने नेतृत्वको समूहलाई स्वागत गर्दै दाहालले यस्तो बताउनुभएको हो ।
दाहाले सानो समूह माओवादी केन्द्रमा समाहित हुँदा बलियो सन्देश गएको बताउनुभयाे। दाहालले अन्य माओवादी घटक र क्रान्तिकारी कम्युनिष्टसँग एकताका लागि छलफल भइरहेकोसमेत बताउनुभयाे ।
‘हामी पार्टी पुनर्निर्माणमा छौँ । सबै छरिएका माओवादी र क्रान्तिकारी कम्युनिष्टको अभियानमा छौँ । त्यही अभियानको कडीको रुपमा तपाईंहरुको समायोजन वा एकता भएको छ । यसले बलियो सन्देश गएको छ’, दाहालले भन्नुभयाे, ‘विप्लवलगायत नेतृत्वमा रहेका साथीहरुसँग कुरा भइराखेको छ । मलाई विश्वास छ, हामी फेरि मुलघरमा केन्द्रित भएर यो राष्ट्रलाई नयाँ ढंगले नेतृत्व गर्नुपर्छ।’