
नेपालमा थप १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् भने थप एक जनाको निधन भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार २ सय ८३ जनाको पीसीआर परीक्षणमा १ सय ५७ र २ हजार १ सय ६४ जनाको एन्टिजेन परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो ।
यो कूल परीक्षणको १ दशमलब ४ प्रतिशत हो । थपिएका संक्रमितमा काठमाडौं उपत्यकका ९८ जना छन् । जसमा काठमाडौंका ६८, ललितपुरका २६ र भक्तपुरका ४ जना छन् ।
यस्तै थप १ जनाको निधन भएसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संंख्या ११ हजार ५ सय ८३ पुगेको छ । थप २ सय २६ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ७८ छ । जसमध्ये ८१ जना आईसीयू र २२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।